प्रधानमन्त्री पोखरा नजाने, गृहमन्त्रीले भने - उद्धार कार्य प्रभावित होला भनेर नजाने निर्णय गरेका छौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रीहरू पोखरा जाने कार्यक्रम स्थगित भएको छ । यती एयरलाइन्सको विमान दुर्घटना भएपछि बसेको मन्त्रीपरिषद्को बैठकमा जाने भन्ने भए पनि अन्तिममा आएर त्यहाँ नजाने निर्णय भएको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बताएका छन् ।

आफूहरू जाँदा उद्धार प्रभावित हुन सक्ने देखिएको जनाउँदै उनले फेसबुकमा लेखेका छन्, ‘पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै खोजी तथा उद्धार कार्यका लागि सबै सुरक्षा निकायसहित सरकारी संयन्त्रहरू परिचालन गरिएको जानकारी गराउँदछु । दुर्घटना स्थलबाट केही शवहरू निकालिएका छन् भने थप उद्धारको कार्य जारी छ । यस अवस्थामा म र सम्माननीय प्रधानमन्त्री ज्यु त्यहाँ पुग्दा उद्धार कार्य झन् प्रभावित होला भनेर हामीले अहिले तत्कालका लागि त्यहाँ नजाने निर्णय गरेका छौँ ।’ 

काठमाडौंबाट लिनु पर्ने निर्णय र उद्धार लगायतका प्रतिकार्यमा कुनै कसर बाँकी नरहनेगरि जुटिरहेकासमेत उनले उल्लेख गरेका छन् । उनले शोकको घडीमा भोलिका लागि तय भएका सबै औपचारिक तथा सार्वजनिक कार्यक्रमहरू स्थगित गरिएको पनि जानकारी गराएका छन् । 
 





  • प्रकाशित मिति : माघ १, २०७९ आइतबार १५:३४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया