रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कपको उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ । ​साउदी अरबको रियादमा गएराति सम्पन्न फाइनल  खेलमा गत विजेता रियललाई ३–१ गोल अन्तरमा हराउँदै बार्सिलोनाले उपाधि जितेको हो ।

किङ फाद इन्टरनेसनल स्टेडियममा भएको खेलमा बार्सिलोनालाई उपाधि दिलाउन गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले एक/एक गोल गरे ।  

रियलका कप्तान करिम बेन्जेमाले एक गोल फर्काए । खेलको ३३ औं मिनेटमा १८ वर्षीय गाभीले रोबर्ट लेवान्डोस्कीको पासबाट गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । 

४५ औं मिनेटमा गाभीकै पासमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई २–० ले अग्रता दिलाए । ६९ औं मिनेटमा गाभीको पासमा पेड्रीले गोल गर्दै खेलमा बार्सिलोनाले ३–० को फराकिलो अग्रता बनायो । 

करिम बेन्जेमाले खेलको इन्जुरी समयमा गोल फर्काए पनि त्यो म्याड्रिडको जितका लागि पर्याप्त भएन । बार्सिलोनाले पछिल्लोपटक सन् २०१८ मा सुपर कपको उपाधि जितेको थियो । 
 





  • प्रकाशित मिति : माघ २, २०७९ साेमबार ८:१८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया