पहिलोपटक महिलालाई सैन्य तालिम दिँदै ताइवान

ताइवानले जगेडा सैनिकका रूपमा महिलालाई तैनाथ गर्न प्रशिक्षण दिने योजना घोषणा गरेको छ । पहिलोपटक महिलालाई सैन्य तालिमको व्यवस्था गरिएको र त्यो यही वर्ष प्रारम्भ हुनेछ ।

चीनबाट हुनसक्ने जोखिमलाई दृष्टिगत गरी महिलालाई प्रशिक्षणको व्यवस्था गरिएको हो । रक्षा मन्त्रालयका अनुसार यसै वर्षको मध्यतिर करिब २ सय महिलालाई ताइवानको सेनाले तालिम दिनेछ । 

बाह्य आक्रमाणको जोखिम बढेकाले आफ्नो सेनालाई बलियो बनाउने प्रयासमा महिलालाई पनि प्रशिक्षणको व्यवस्था गरिएको उक्त मन्त्रालयले जनाएको छ । इच्छुक महिलाले तालिमका निम्ति आवेदन गर्न सक्नेछन् । तालिमा सहभागी हुने महिलाको संख्याअनुसार प्रशिक्षण योजना र कार्यक्रम तर्जुमा गरिनेछ । 

हालै ताइवानले पुरुषलाई अनिवार्य सैन्य सेवा गर्नुपर्ने प्रावधान जारी गरेको छ । यद्यपि महिलाहरू पनि सशस्त्र बलमा स्वयम्सेकका रूपमा सेवा गर्न सक्ने व्यवस्था छ । ताइवानी पुरुषले अनिवार्य सैन्य सेवा गर्नुपर्ने चार महिनाको प्रावधानलाई बढाएर एक वर्ष पुर्‍याएको छ । अमेरिकी रक्षा मन्त्रालयको अनुमानअनुसार ताइवानसँग ८९ हजार स्थल सेना छन् भने चीनसँग १० लाख सैनिक छन् ।  

गत महिना राष्ट्रपति साई इङ्ग वेनले अनिवार्य सैन्य सेवाको अवधि बढाइएको घोषणा गरेकी थिइन् । प्रथम महिला राष्ट्रपति वेनले गरेको उक्त घोषणाको स्वागत गर्दै केही महिला सांसदले नारीलाई पनि सैन्य तालिम अनिवार्य गर्नुपर्नेमा जोड दिएका थिए । 

राष्ट्रपति सेनले भावी पुस्ताका निम्ति लोकतान्त्रिक जीवनशैली सुनिश्चित गर्न सैन्य सेवा विस्तार अपरिहार्य भएको बताएकी छन् । सन् १९४९ को चिनियाँ गृहयुद्धमा ताइवान र चीन विभाजित भएका हुन् । 



पहाडी टापु ताइवानलाई चीनले आफ्नो भूमिका रूपमा दाबी गरिरहेको छ भने आवश्यक परे बल प्रयोग गरेर मूलभूमिमा एकीकरण गर्ने बताउँदै आएको छ । 

एक देश दुई शासन पद्धतिअनुरूप बेइजिङले ताइवानमाथि अप्रत्यक्षरूपमा शासन गर्दै आएको छ ।   



  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार १३:३६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया