राष्ट्रपति पद मेरो लागि होइन, इच्छा पनि छैन : डा. सन्दुक रुइत

वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्नो लागि नभएको बताएका छन् । बुधबार सञ्चारकर्मीको प्रश्नमा उनले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताएका हुन् । 

आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको भन्दै उनले राष्ट्रपति पदमा गएर भन्दा बाहिर रहेर नै आफूले धेरै काम गर्न सक्ने बताए । राष्ट्रपति पदलाई राम्रो बनाउनका लागि गर्नुपर्ने धेरै काम रहेको उनको भनाइ छ । 

बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएपछि उनले बुधबार पत्रकार सम्मेलन गरेका थिए । सोही पत्रकार सम्मेलनमा उनले आफूले राष्ट्रपति बनेर भन्दा बाहिर बसेर धेरै काम गर्न सक्ने बताएका हुन् । 

इसा अवार्ड पाएपछि सामाजिक सञ्जालमा डा. रुइतलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठेको थियो । कलाकार हरिवंश आचार्यले पनि राष्ट्रपतिमा रुइतजस्तो व्यक्ति देख्न चाहेको उल्लेख गरेका थिए । 

अन्तर्राष्ट्रिय अवार्ड एक नेपालीले पाउनु विश्व मानचित्रमा नेपालको आत्मसम्मान र प्रतिष्ठा बढ्नु रहेको बताउँदै डा. रुइतले आफ्नो जीवनकै ठूलो कमाइका रुपमा इसा अवार्डलाई हेरेको बताए । 





  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार २१:६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया