पाेखरा विमान दुर्घटनाका सम्बन्धमा रुलिङ गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार बिहान पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाका सम्बन्धमा रुलिङ गर्न सरकारसँग माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकको प्रारम्भमै समय माग गर्दै सभामुखमार्फत सो माग गरेका हुन् ।

उनले मुलुकमा ठूलो पीडा भएको यस घटनाका सम्बन्धमा सरकारका तर्फबाट उक्त विषयमा भनाइ प्रस्तुत हुने अपेक्षा गरे । लेखकले बैठकको कार्यसूची पछि सारेर भए पनि विमान दुर्घटनाका सम्बन्धमा सरकारको धारणाबारेमा माग गरे । 

सदनप्रति सरकार उदासिन रहन नसक्ने जनाउँदै उनले सभामुखमार्फत रुलिङ गर्न आग्रह गरे ।  





  • प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार ११:४२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया