नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेसले ढोक्सा थापेको भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको जवाफ फर्काएका छन् ।
प्रचण्डलाई कांग्रेसले समर्थन गर्ने भएपछि विश्वासको मत लिने दिन ओलीले कांग्रेसले ढोक्सा र जाल थापेको आरोप लगाएका थिए । कांग्रेस महामन्त्री शर्माले उनको आरोपको प्रतिवाद गरेका छन् ।
‘हामीले ढोक्सा थापेका छैनौँ, माछालाई जालमा पार्न कुनै योजना छैन,’ उनले भने, ‘तर माछा र ढोक्साको कथा हालेर कसिलो पिँजडा नबनाउन आग्रह गर्छु,’ बिहीबारको प्रतिनिधि सभा बैठकमा ईश्वरी न्यौपानेलाई सभामुख बनाउने प्रस्ताव राख्दै शर्माले भने ।
साथै, उनले ओलीले प्रधानमन्त्री प्रचण्डलाई पिँजडामा राख्न खोजेको पनि बताए ।
‘आफू प्रधानमन्त्री भएको बेलामा सँगैको मित्रले उच्चस्तरीय संयन्त्र बनाउँभन्दा संविधानले नचिनेको संयन्त्र नबनाउने भन्ने, अनि सँगैको मित्र प्रधानमन्त्री भएको बेला संविधानले नचिनेको उच्चस्तरीय संयन्त्र बनाउनु भनेको हामीले ढोक्सा थाप्न खोजेको भन्दा देशको प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजेको हो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।