logo-img

संसदमा सीके राउतले गराएको मौन धारणमा रवि उठे, प्रचण्ड बसिरहे

जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेस आन्दोलनमा शहीद भएकाहरूको सम्झनामा संसदको मौनधारण गराएका छन् । उनले गराएको मौन धारणमा केही प्रतिनिधिसभा सदस्य उठेका थिए भने केही बसिरहे । 

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उठेनन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने भने उठेका थिए  । मधेस आन्दोलनमा मृत्यु भएकाहरूलाई संसदले नसम्झिएको भन्दै राउतले विरोध जनाएका हुन् । 

आजभन्दा १६ वर्ष अगाडि २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले मधेसका लागी दिएको शहादतबाट मधेस आन्दोलनको सुरुवात भएको थियो । 



सो दिन नेपालको इतिहासमा खास गरी मधेसी जनताको मानसपटलमा बलिदानी दिवसको रूपमा सदासर्वदाका लागि दर्ज भएको छ । मधेसीको पहिचान, स्वाभिमान र आत्मसम्मानका लागि रमेशले दिएको बलिदानी आन्दोलनको सूत्रपात भएको दिनको रूपमा सम्झिँदै आएको छ । 





  • प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार १३:५९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया