राष्ट्रिय युवा संघ नेपालले निवेश यादवसहित ५ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । युवा संघ नेकपा एमालेनिकट जनवर्गीय संगठन हो ।
संघले बिहीबार विज्ञप्ति जारी गर्दै तत्कालीन स्थायी कमिटी सदस्य तथा रौतहट जिल्ला इन्चार्ज निवेश यादव, पर्साका विश्वराज पटेल, रामेछापका शंकर लाखे, नवलपुरका गुणराज पुन, काभ्रका वीरेन्द्र लामालाई कारबाही गरिएको जनाएको छ । ।
उनीहरुले पार्टी र संघको हितविपरीत गतिविधि गरेको भन्दै साधारण सदस्य समेतबाट निष्कासन गरेको विज्ञप्तिमा उल्लेख छ ।
आम निर्वाचनका बेला एमालेले जसपासँग गठबन्धन गरेपछि आपत्ति जनाउँदै यादवले असोज २२ गते संघको स्थायी कमिटी सदस्य तथा रौतहट इन्चार्जबाट राजीनामा दिएका थिए ।
उनले प्रभु साहलाई समर्थन जनाउँदै एमाले परित्याग गरेका थिए । यादव अहिले प्रभु साह नेतृत्वको आम जनता पार्टीको केन्द्रीय प्रचारप्रसार विभागका उपप्रमुख हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।