प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमले जितेको छ । इटहरीको जनता क्रिकेट पार्कमा आज सम्पन्न फाइनलमा घरेलु टोली प्रदेश १ लाई ६ विकेटले हराउँदै सुदूरपश्चिम पहिलोपटक च्याम्पियन बनेको हो ।

जितका लागि १ सय २ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले १९.५ बलमा ४ विकेट गुमाउँदै पुरा गर्‍यो । सुदूरकी कविता जोशी २० बलमा १ चौका र १ छक्कासहित १९ रनमा अविजित रहँदा सम्झना खड्का ३३ बलमा २ चौकासहित २७ रनमा अविजित रहिन् । 

डली भट्ट १६ बलमा १ चौका र २ छक्कासहित २२, विन्दु रावल ७, कविता कुवर १२ र रुवि पोदार ८ रनमा आउट भए । प्रदेश एकको लागि सबनम राई, रुविना क्षेत्री, संगीता राई र हिरनमय रायले एक एक विकेट लिए । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश एकले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो । 

प्रतियोगितामा कविता कुँवरले विधागत पुरस्कारमा वर्चश्व कायम राखिन् । उनले स्कुटरसँगै प्रमुख दुई अवार्ड जितिन् । कविताले उदयमान खेलाडीको रूपमा सहआयोजक सुनसरी जिल्ला क्रिकेट संघले प्रदान गरेको २ लाख ७० हजार मूल्यको स्कुटर पाइन् । 

कविता प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याटर समेत भइन् । सर्वोत्कृष्ट खेलाडी वापत उनले ३० हजार र ब्याटरको रूपमा २० हजार नगद पुरस्कार पाइन् ।



सुदूरपश्चिमकै मनीषा चौधरी प्रतियोगिता उत्कृष्ट बलर घोषित हुँदै नगद २० हजार पुरस्कार पाइन् । विजेता सुदूरले पाँच लाख र उपविजेता प्रदेश एकले तीन लाख प्राप्त गरेको छ ।



  • प्रकाशित मिति : माघ ७, २०७९ शनिबार २०:३२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया