सर्लाहीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

सर्लाहीको हरिपूर्वामा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा हरिपूर्वा–९, का ३४ वर्षीय जोगी यादवको मृत्यु भएको हो ।

हरिपूर्वा–१ अन्तर्गत भित्री सडकखण्डमा भारतीय नम्बर प्लेटको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक यादव गम्भीर घाइते भएका थिए ।

उनलाई जनकपुरमा सामान्य उपचारपश्चात थप उपचार गर्न काठमाडौंतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

दुर्घटनामा परेको मोटरसाइकल भारतीय नम्बर प्लेटको भए पनि नम्बर भने स्पष्ट हुन नसकेको प्रहरी नायव निरीक्षक डिएसपी विजय श्रेष्ठले बताए ।   





  • प्रकाशित मिति : माघ ९, २०७९ साेमबार ११:४३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया