नेपालको विकासमा महत्वपूर्ण याेगदान गरेकाे भन्दै उपप्रधानमन्त्री श्रेष्ठले गरे भारतको प्रशंसा

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकासमा भारतको योगदान महत्वपूर्ण रहेकाे बताएका छन् । 

भारतीय दूतावासले दक्षिण एसियाली अध्ययन केन्द्रको सहकार्यमा सोमबार राजधानीमा आयोजना गरेको ‘भारत–नेपाल विकास साझेदार सम्मेलन’को उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले यस्ताे बताएका हुन् । 

नेपालको पहिलो विमानस्थल गौचरण विमानस्थल र त्रिभुवन राजमार्ग निर्माण गरेर भारतले नेपालको विकासमा साझेदारी गरेको स्मरण गर्दै  उपप्रधानमन्त्री श्रेष्ठले भारतीय सहयोगको प्रशंसा गरे ।

सन् २०१५ को विनाशकारी भूकम्प र कोभिड–१९ को महामारीमा पनि सबैभन्दा पहिला भारतले सहयोगको हात बढाएको भन्दै उनले भारतीय सहयोगको प्रशंसा गरेका थिए । 

उद्घाटन सत्रलाई सम्बोधन गर्दै भारतीय विदेश मन्त्रालयका आर्थिक सम्बन्ध तथा विकास साझेदार मामिलासम्बन्धी सचिव प्रभात कुमारले नेपालको विकासमा अर्थपूर्ण साझेदारी गर्न भारत सधैँ तत्पर रहेको बताए । काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत डिजाइनको काम भइरहेको र यो रेलमार्ग नेपालको विकासमा ‘गेम चेञ्जर’ हुनसक्ने उनकाे धारणा छ । 





  • प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार १८:१८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया