ललितपुरका मेयर महर्जनले सन्दुक रूइतलाई भेटेर दिए बधाई

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर सन्दुक रूइतलाई भेटेर बधाई दिएका छन् ।  

मेयर महर्जनले डा. रूइतलाई तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर बधाइ दिएका हुन् । नेपालको परिचय अन्तर्राष्ट्रिय मञ्चमा थप बलियो बनाउन महत्पूर्ण भूमिका खेलेको भन्दै उनले बधाई तथा शुभकामना दिए । 

रुइतले बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित १३ करोड नेपाली रुपैयाँभन्दा बढी रकम बराबरको प्रतिष्ठित इसा अवार्ड पाउने पक्का भएकाे छ । उक्त अवार्ड फेब्रुअरी महिनामा प्रदान गरिनेछ ।

भेटको क्रममा मेयर महर्जनले डा. रूइतले पाएको पुरस्कारले मुलुकभरका चिकित्सकमा ऊर्जा र उमंग थपिएको महर्जनको भनाइ थियो ।





  • प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार १९:८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया