सांसद कोइरीको पक्षमा जनकपुरधाममा प्रदर्शन

महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको पक्षमा जनकपुरधाममा प्रदर्शन गरिएको छ ।
 
सांसद कोइरीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि पक्राउ नगरिएको भन्दै चौतर्फी आलोचना भइरहेको समयमा उनका समर्थकहरुले उनको पक्षमा प्रदर्शन गरेका हुन् ।
 
मधेस आन्दोलनका अगुवा दिनेश पूर्वेको अगुवाइमा जनकपुरधामको भानुचोकबाट बुधबार नागरिक समाजले निकालेको रैली नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । प्रदर्शनमा सहभागीहरुले सरकार तथा प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका थिए । 

नागरिक अगुवा रामरिझन यादवले जनताको मतबाट निर्वाचित सांसद कोइरीलाई राज्यले बदनियतपूर्ण ढंगले फसाउन खोजेको आरोप लगाए । उनले मधेसका आन्दोलनकारीले थमन विकको हत्या गरेको र घटनाको समयमा त्यहाँ सांसद कोइरीको उपस्थिति समेत नरहेको दाबी गरे ।

उनले भने, ‘आन्दोलनकारीले प्रहरीको हत्या गर्दा मुद्दा नलाग्ने, सिभिल ड्रेसमा रहेका प्रहरीले आन्दोलनकारीको हत्या गर्दा समेत मुद्दासम्म दर्ता गर्न नमान्ने यो कहाँको न्याय हो ?’

जनताले निर्वाचित गराएका सांसद कोइरीविरुद्ध झुटा मुद्दा लगाएर सरकारले अपनाएको रबैया जनताको अभिमतको अपमान रहेको यादवले बताए ।





  • प्रकाशित मिति : माघ ११, २०७९ बुधबार १७:४१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया