पाल्पामा टिपर दुर्घटना हुँदा युवकको मृत्यु

बुटवल–पाल्पा सडकखण्डको तिनाउ गाउँपालिका–५ केराबारीमा टिपर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ना ८ ख ७९२४ नम्बरको टिपर सडकबाट खोलामा खस्दा टिपर चालक स्याङ्जा गल्याङ नगरपालिका–१ का राम्दीका २२ वर्षीय सरोज न्यौपानेको मृत्यु भएको हो । 

बुधबार राति भएको दुर्घटनामा टिपर सडकबाट खसेको थियो । प्रहरीले बुधबार राति खोजी गरे पनि चालकलाई फेला नपारेपछि बिहीबार बिहान पुनः खोजी गर्ने क्रममा न्यौपाने मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए ।  





  • प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार ९:५५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया