महोत्तरीमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, २४ घाइते

महोत्तरीको बर्दिबासमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । सिन्धुलीस्थित लंगुर खोलाबाट तीर्थ गरेर फर्किएका एकजनाको ज्यान गएको हो । मृतकको पहिचान खुल्न सकेको छैन । 

ट्याक्टरमा सवार सवै यात्रु धनुषास्थित औरही नगरपालिका वडा नम्बर ५ का हुनसक्ने प्रहरीको अनुमान छ । घाइतेमध्ये गम्भीर घाइते दुईजनाको सनाखत हुन सकेको छैन । अन्य सबै औरही वडा नम्बर ५ का नै भएको प्रहरीले जनाएको छ । 

आज बिहान  बर्दिबास-३ स्थित पाटु मोडमा २५ जना सवार प्रदेश २-०२-००१ त.२२६४  नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार चालक भने फरार भएका छन । घाइते भएका मध्ये ४०/४५ वर्ष उमेरको जस्तो देखिने महिलालाई उपचारको लागि बर्दिबासस्थित जनसेवा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको नायव उपरीक्षक रावलले जानकारी दिए । पहिचान खुल्न नसकेका दुईजना महिलाको बर्दिबासमा उपचार हुन नसकेपछि जनकपुस्थित चन्द्रकला अस्पताल पुर्‍याइएको छ । 

त्यसैगरी औरही नै बस्ने कुमारी मण्डल सामान्य उपचारपश्चात् जनकपुर रामजानकी अस्पतालमा रिफर गरिएको छ । उनकाे पनि अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले वताएको छ ।

अन्य घाइतेमा जुलेवी मण्डल, चन्द्रकुमारी मण्डल, रेम्नी देवी, नयनकुमारी मण्डल, पवनदेवी मण्डल, सिकिलिया मण्डल, सीताकुमारी मण्डल, सुकुमरिया देवी, देवु मण्डल, कुसुम मण्डल, कलादेवी मण्डल, सुमित्रादेवी ठाकुर र चन्द्रादेवी मण्डल रहेको प्रहरीले जनाएको छ ।



अहिले उनीहरुको उपचार जनकपुरस्थित रामजानकी अस्पताल, चन्द्रकला अस्पताल, बर्दिबासस्थित जनसेवा, सुभस्वस्तिक र बर्दिबास अस्पतालमा उपचार भइरहेको छ ।



  • प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार १६:३९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया