क्यानले २८ खेलाडीलाई बोलायो बन्द प्रशिक्षणमा, सन्दीपले पाएनन् मौका

आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । २८ खेलाडीमा निलम्बित कप्तान सन्दीप लामिछाने भने अटाएका छैनन् ।  

बलात्कार आरोपपछि जेलसम्म पुगेका उनी हालै मात्र धरौटीमा छुटेका थिए । धरौटीमा छुटेपछि उनलाई बन्द प्रशिक्षणमा समावेश गर्ने कि नगर्ने विषयमा बहस भएको थियो । रिहालगत्तै क्यानले सन्दीपलाई बन्द प्रशिक्षणमा समावेश गर्नसक्ने अभिव्यक्ति दिएको थियो । तर, आज घोषणा गरिएको प्रारम्भिक टोलीमा भने क्यानले उनलाई समावेश गरेको छैन । 

नेपालले आउँदो फेब्रुअरीदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा स्कटल्याण्ड र नामिबियासँग सिरिज खेल्दैछ । सिरिजमा नेपालले पहिलो खेल १४ फेब्रुअरीमा नामिबियाविरुद्ध खेल्नेछ । त्यस्तै, नेपालले १७ फेब्रुअरीमा स्कटल्याण्ड, १८ फेब्रुअरीमा नामिबिया तथा २१ फेब्रुअरीमा स्कटल्याण्डविरुद्ध खेल्ने तालिका छ ।

बन्द प्रशिक्षणका लागि बोलाइएका २८ खेलाडी : कुशल भुर्तेल, आसिफ शेख, सागर ढकाल, ज्ञानेन्द्र मल्ल, सन्दीप जोरा, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, किशोर महतो, कमल सिंह ऐरी, सिद्धान्त लोहनी, कुशल मल्ल, भीम सार्की, अनिल साह, बिक्रम सोब, भुवन कार्की,अंकित सुवेदी, गुलशन झा, अर्जुन साउद, करण केसी, अविनाश बोहरा, सोमपाल कामी, शरद भेषवाकर, ललित राजवंशी, सूर्य तामाङ, विवेक यादव र मौसम ढकाल ।





  • प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार १७:२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया