इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा

साविक विजेता इन्टर मिलानले कोपा इटालियाको सेमिफाइनलको यात्रा गरेको छ । क्वाटरफाइनलमा एटालान्टालाई १–० ले हराउँदै इन्टरले सेमिफाइनलको यात्रा गरेको हो ।

सान सिरोमा गएराति भएको खेलमा मिलानको जितमा माटेयो डर्मियानले गोल गरे । उनले खेलको ५७ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।  

सेमिफाइनलमा अब मिलानले युभेन्टस र लासियोबीच हुने खेलको विजेताविरुद्ध खेल्नेछ । युभेन्टस र लासियोबीचको क्वाटरफाइनल शुक्रबार हुनेछ ।   





  • प्रकाशित मिति : माघ १८, २०७९ बुधबार ७:२९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया