स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रोमाञ्चक जित हात पारेको छ । गएराति सम्पन्न खेलमा रियल बेटिसलाई २–१ ले हराउँदै बार्सिलोनाले रोमाञ्चक जित हात पारेको हो ।
बार्सिलोनाको जितमा राफिन्हा र रोबर्ट लेवान्डोस्कीले एक/एक गोल गरे । खेलको ६५ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ८० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । खेलको ८५ औं मिनेटमा बार्सिलोनाका जुल्स कुन्डेले आत्मघाती गोल गरे पनि बार्सिलोना २–१ ले विजयी भयो ।
खेलको इन्जुरी समयमा विलियम कार्भाल्होले रातो कार्ड पाएपछि बेटिस १० खेलाडीमा सीमित भएको थियो । यो जितसँगै बार्सिलोनाले लिगमा ८ अंकको अग्रता बनाएको छ ।
बार्सिलोनाले १९ खेलमा ५० अंक जोडेको छ । पराजित बेटिस ३१ अंकका साथ छैटौं स्थानमा रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।