प्रचण्डको व्यस्तताका कारण आज पनि सर्‍यो माओवादी स्थायी कमिटी बैठक
फरकधार / १९ माघ, २०७९

सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सरेको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक अपरान्ह ४ बजे सरेको हो ।



प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताको कार्यव्यस्तताका कारण बैठक सरेको नेता गिरिराजमणि पोखरेलले जानकारी दिए ।

 ‘११ बजे बस्ने भनिएको बैठक चार बजे बस्नेगरी सरेको छ, शीर्ष नेताको कार्यव्यस्तताले सार्नु परेको हो,’ उनले भने । 



आजको बैठकमा प्रदेश गठनका लागि अन्तरिम योजना बनाउने, चुनावी समीक्षा, विभागहरूको हेरफेर, जिम्मेवारी, राष्ट्रपति निर्वाचन, गृहमन्त्रीलगायतका विषयमा छलफल तथा निर्णय हुने बताइएको छ ।    



  • प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार १०:२४:४६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया