logo-img

सडक दुर्घटनामा परेका घनश्याम भुसालको अवस्था सामान्य
फाइल फाेटाे

नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमन्त्री घनश्याम भुसाल सडक दुर्घटनामा परेका छन्। भुसालले चलाएको गाडी शुक्रबार बानेश्वरस्थित डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । 

आफू दुर्घटनामा परेपछि उनले अवस्था समान्य रहेको बताएका छन् । उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘सडक दुर्घटनाको कारण सिभिल अस्पतालमा उपचाररत रहेको हुँदा अहिलेसम्म कुन‌ै प्रकारको च‍ोटपटक वा गम्भीर समस्या नरहेको, साथै मेडिकल टेस्टको हालसम्मको रिपोर्टहरू समेत सामान्य रहेको जानकारी गराउँदै चासो-चिन्ता व्यक्त गर्नुभएकोमा सबैप्रति आभार व्यक्त गर्दछु ।’ 

प्रहरीका अनुसार भुसालले चलाएको बा १६ च १३८४ नम्बरको गाडी अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएको हो। 





  • प्रकाशित मिति : माघ २०, २०७९ शुक्रबार १६:३०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया