logo-img

रवि लामिछानेको अभिव्यक्तिप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,ुपत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार हो ।ु लामिछानेले संयम गुमाएर त्यस्तो अभिव्यक्ति दिनु सञ्चार क्षेत्रमाथिको प्रहार भएको महासंघले जनाएको छ ।

रास्वपाका सभापति लामिछानेले आइतबार पत्रकार सम्मेलनका क्रममा विभिन्न सञ्चार संस्था तथा त्यसमा कार्यरत सञ्चारकर्मीको नामै तोकेर टिप्पणी गरेका थिए । 





  • प्रकाशित मिति : माघ २२, २०७९ आइतबार २१:३२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया