logo-img

मधेस प्रदेश : माओवादीबाट सरकारमा सहभागी मन्त्री र राज्यमन्त्रीले लिए शपथ

नेकपा माओवादी केन्द्रबाट मधेस प्रदेश सरकारमा सहभागी भएका मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

माओवादीबाट सरकारमा सहभागी शहीद रामवृक्ष यादवकी पुत्री सुनिता यादवले उद्योग, पर्यटन तथा वन मन्त्रीको रूपमा र रहबर अन्सारीले सोही मन्त्रालयको राज्यमन्त्रीको रूपमा मंगलबार दिउँसो शपथ लिएका हुन् । 

सुनिता धनुषाबाट समानुपातिक सांसद हुन् । अन्सारी भने ४ मंसिरको निर्वाचनमा पर्सा–१ (क) बाट विजयी भएका थिए ।  



मन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्र र राज्यमन्त्री अन्सारीलाई मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ खुवाएका छन् । 

२० माघमा मन्त्रिमण्डल विस्तार गर्दा मुख्यमन्त्री यादवले उद्योग, पर्यटन तथा वन मन्त्रालय आफूसँगै राखेका थिए । मुख्यमन्त्री यादवले यसअघि २९ पुसमा ३ जना मन्त्री नियुक्त गर्दा २० माघमा पनि ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेर सरकार विस्तार गरेका थिए ।

अब मधेस सरकारमा मुख्यमन्त्रीसहित १० मन्त्री र ४ राज्यमन्त्री गरी १५ सदस्यीय मन्त्रिपरिषद् भएको छ । केन्द्रमा जसपा र माओवादीबीच वार्ता भएपछि मधेसमा पनि अन्ततः माओवादी केन्द्र सरकारमा सहभागी भएको हो । 





  • प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार १४:२०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया