मुख्यमन्त्री रावलले आज विश्वासको मत लिँदै, ‘निर्णायक’ नाउपा अन्योलमा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज मुख्यमन्त्री पदको विश्वासको मत लिँदैछन् ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत २७  पुषमा मुख्यमन्त्रीमा नियुक्त भएका उनले २६ माघभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताअनुसार आज विश्वासको मत लिन लागेका हुन् । 

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए । 

प्रदेश सभामा निर्णायक देखिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरेपछि रावल अप्ठ्यारोमा परेका छन् । रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश गरेसँगै भने रावलले विश्वासको मत पाउने सम्भावना बढेको छ । 

उन्मुक्तिले भने मत दिने/नदिने औपचारिकरूपमा घोषणा निर्णय गरिसकेको छैन । नेकपा (एमाले) का रावल सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।  

कांग्रेस, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सांसद प्रदेश सरकारको विपक्षमा छन् ।  





  • प्रकाशित मिति : माघ २५, २०७९ बुधबार ७:२९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया