logo-img

ढिलासुस्ती गर्ने ठेकेदारलाई १३ लाख ९९ हजार जरिवाना

गाईघाट–दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत खोटाङको महुरे–सिमपानी (राजापानी) सडक कालोपत्रेको काममा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई जरिवाना गरिएको छ । 

महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक खण्ड कालोपत्रेको ठेक्का लिएको भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीलाई निर्धारित समयमा निर्धारित काम गर्न नसकेकामा जरिवाना गरिएको हो ।

पछिल्लोपल्ट भ्याटसहित ३२ लाख पाँच हजार ५०२ रुपैयाँको बिल पेस गरेको निर्माण कम्पनीलाई १३ लाख ९९ हजार ७१९ रुपैयाँ जरिवानास्वरुप कटाएर भुक्तानी दिइएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका सूचना अधिकारी इन्जिनियर प्रभातकिरण राईले बताए ।  

गत मंसिर अन्तिमसम्ममा महुरेदेखि बुईपाको पञ्चरदोबाटोसम्मको ६.५ किलोमिटर पिच गर्न नसकेपछि पुस १ गतेदेखि निर्माण कम्पनीलाई दैनिक जरिवाना गर्न थालिएको हो । भारत कन्ट्रक्सन/सिद्धी शाहीले १४ दिनको जरिवाना तिरेको हो । निर्माण कम्पनीलाई पुसदेखि दैनिक एक लाखको हाराहारीमा जरिवाना लगाउन सुरु गरिएको इन्जिनियर राईले बताए । 

भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले २०७७ असार २९ गतेभित्र सम्पन्न गर्ने शर्तमा २०७३ असार ३० गते महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो । ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगती देखिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ । 





  • प्रकाशित मिति : माघ २५, २०७९ बुधबार १८:१४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया