मुख्यमन्त्री रावलले विश्वासको मत लिने आज अन्तिम दिन

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत लिने आज अन्तिम मौका छ । बुधबार दिउँसो १ बजे विश्वासको मत लिने गरी संसद् बैठक आह्वान गरिएको थियो । तर, काठमाडौंमा रहेका नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाली नआएपछि बैठक । बिहीबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको थियो । 

संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका रावलले आज विश्वासको मत नलिए स्वतः सरकार ढल्ने छ । रावल २७ पुसमा नेकपा माओवादी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ (२) बमोजिम अन्य ३ दलहरूको समर्थनमा रावललाई मुख्यमन्त्री नियुक्त गरेका थिए । 

पुस २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले माघ २७ अघि नै विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

अहिलेसम्म एमाले, माओवादी र राप्रपाको मत पाउने निश्चित भए पनि सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्तिले भने मत नदिने सङ्केत गरेको छ । उनीहरूले आफ्नो माग र मुद्दा सम्बोधन नभएसम्म विश्वासको मत दिन नसकिने अडान कायमै राखेका छन् । 

नागरिक उन्मुक्तिका ७ सांसदले विश्वासको मत नदिए मुख्यमन्त्रीले विश्वासको मत पाउन सक्ने छैनन् । नागरिक उन्मुक्तिका सबै सांसद  काठमाडौंमा छन् । 



सुदूरपश्चिममा सत्ता गठबन्धनभित्र माओवादीका ११ (सभामुखसहित), एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् । यी सबैको मत मुख्यमन्त्री रावलले प्राप्त गरे बहुमत पुष्टि हुने छ । तर, नागरिक उन्मुक्तिले विश्वासको मत नदिने अडान कायमै राखेको हुँदा मुख्यमन्त्री पद संकटमा छ ।  



  • प्रकाशित मिति : माघ २६, २०७९ बिहीबार ८:२३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया