सुदूरपश्चिम प्रदेश सभाको बैठक ४ बजेसम्मका लागि सर्‍यो

सुदूरपश्चिम प्रदेश सभाको बैठक आज साँझ ४ बजेसम्मका लागि सरेको छ । आज मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिनुपर्ने अन्तिम दिन हो । तर, नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले विश्वासको मत नदिने अडान लिएसँगै १ बजे बस्न बैठक सरेको हो ।

नागरिक उन्मुक्तिका सात सांसद काठमाडौंमै छन् । मुख्यमन्त्री रावल एक महिनाअघि अन्य दलहरूको समर्थनमा मुख्‍यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्‍यमन्त्री नियुक्त भएको एक महिनाभित्रमा प्रदेशसभाबाट विश्वासको मत लिन नसके सरकार ढल्छ । नागरिक उन्मुक्तिले आफ्ना नेता रेशम चौधरीको रिहाइ वा रिहाइको लिखित प्रतिबद्धता नगर्दासम्म विश्वासको मत नदिने अडान राखिरहेको छ । 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा माओवादीका ११ (सभामुखसहित), एमालेका १०, नाउपाका सात र राप्रपाका एकजना सांसद छन् । 

नाउपाले विश्वासको मत नदिए सरकारलाई बहुमत पुग्दैन । सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्रीलाई बहुमत पुर्याउन २७ मत आवश्यक पर्छ । 





  • प्रकाशित मिति : माघ २६, २०७९ बिहीबार १३:२७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया