राप्रपाका मन्त्रीले गरे मन्त्रिपरिषद बैठक बहिष्कार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरूले आइतबारको मन्त्रिपरिषद बैठक बहिष्कार गरेका छन् । 

जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा आएपछि उनीहरु मन्त्रिपरिषद बैठकमा अनुपस्थित भएका हुन् । 

राप्रपाका मन्त्रीहरू असन्तुष्टि जनाउँदै बैठकमा अनुपस्थित भए पनि मन्त्रिपरिषद् बैठकले जनयुद्धको अवसरमा फागुन १ गते भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

राप्रपाबाट उपप्रधानमन्त्री तथा उर्जामन्त्री राजेन्द्र लिङ्देन, सहरी विकास मन्त्रीमा विक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्रीमा ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह मन्त्रिपरिषद्मा छन् ।





  • प्रकाशित मिति : माघ २९, २०७९ आइतबार २०:३४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया