logo-img

नेता रिजालले मागे ‘जनयुद्ध दिवस’ मनाउने सरकारको निर्णयप्रति कांग्रेसको धारणा
फाइल तस्बिर

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले ‘जनयुद्ध दिवस’ मनाउने सरकारको निर्णयप्रति पार्टीको आधिकारिक धारणा मागेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमालको दर्हो समर्थनमा बनेको माओवादी नेतृत्वको सरकारले वृहत् शान्ति सम्झौता र नेपालको संविधान तथा यसमा अन्तर्निहित मर्म विपरीत घोषणा गरेको कथित "जनयुद्ध दिवस" बारे हाम्रो दल नेपाली काङ्ग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचन पछि?’

सरकारले आज फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउन देशभर सार्वजनिक बिदा दिएको छ।





  • प्रकाशित मिति : फागुन १, २०७९ साेमबार १३:२१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया