लुम्बिनी प्रदेशकी पूर्वराज्यमन्त्री विमलाकुमारी वलीले नेकपा माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेकी छन् । पार्टीबाट सहयोग नपाएको र बेवास्ता गरेको भन्दै उनले माओवादी परित्याग गरेको घोषणा गरेकी हुन् ।
ओलीले माओवादी केन्द्र जिल्ला कमिटी दाङमा राजीनामा पत्रसमेत बुझाइसकेकी छन् । उनले आफ्नो राजनीतिक उतारचढावका बेला पार्टीले सहयोग नगरेको गुनासो गरेकी छन् ।
‘मलाई जबरजस्ती मन्त्री पदबाट राजीनामा दिन लगाइयो । त्यसपछि पार्टीले मलाई कुनै वास्ता गरेन । भूमिकाहीन बनायो,’ उनले भनिन्, ‘पार्टीले युज एन्ड थ्रो गर्यो, त्यसैले पार्टीबाट राजीनामा दिएकी हुँ,’ उनले भनेकी छन् ।
वली नेकपा एमालेका स्वर्गीय नेता उत्तरकुमार वलीकी श्रीमती हुन् । तत्कालीन प्रदेश सभा सदस्य उत्तरकुमारको सवारी दुर्घटनामा मृत्यु भएपछि भएको उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट उनी प्रदेश सांसद निर्वाचित भएकी थिइन् । पछि उनले माओवादी केन्द्र रोजेकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।