संघीय संसद्को कर्मचारी युनियनमा कांग्रेस–माओवादी गठबन्धन विजयी

संघीय संसद्को कर्मचारी युनियनमा नेपाली कांग्रेस र माओवादीनिकटका कर्मचारीको गठबन्धन विजयी भएको छ ।  

सरकारमा नेकपा (माअ‍ोवादी केन्द्र) र नेकपा (एमाले)बीच गठबन्धन रहे पनि कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन संघ र माओवादी केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठनबीच गठबन्धन भएको थियो । 

कर्मचारी युनियनको अध्यक्षमा कांग्रेसनिकटको युनियनका गोविन्द वेल्बासे निर्वाचित भएका छन् भने सचिवमा माअ‍ोवादीनिकट उम्मेदवार सरस्वती रिजाल र सहसचिवमा अर्जुन पौडेल निर्वाचित भएका छन् । 

कोषध्यक्षमा सोही टिमबाट उम्मेदवार रहेका कम्प्युटर इन्जिनियर रामकृष्ण भेटुवाल निर्वाचित भएका छन् । उनी कुनै पनि संघमा थिएनन् । 

निर्वाचनमा एमालेनिकटको निजामती कर्मचारी संगठन उपाध्यक्ष र सदस्यमा मात्रै सीमित भएको छ । एमाले निकटको कर्मचारी संगठनका तर्फबाट प्रमिला गौतम उपाध्यक्षमा निर्वाचित भएकी छन् । 

सदस्यमा भने गठबन्धनका दुईजना मात्रै निर्वाचित भएका छन् । बाँकी सदस्य भने एमालेनिकटको निजामती कर्मचारी संगठनका उम्मेदवार निर्वाचित भएका छन् । सदस्यमा निर्वाचित हुनेमा सदन राई, विनुका शेर्पा, शकुन्तला भट्ट, समीर गौतम, विकास विश्वकर्मा र डल्ले गुरुङ छन् ।





  • प्रकाशित मिति : फागुन ४, २०७९ बिहीबार १९:५८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया