logo-img

स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सरकारी निकायलाई निर्देशन
फाइल तस्बिर

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक सूचना जारी गर्दै सबै सरकारी निकायहरुमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन निर्देशन दिएको छ । मन्त्रालयले व्यापार घाटा न्यूनीकरण गर्ने योजनाअन्तर्गत सार्वजनिक निकायले स्वदेशी उत्पादनको प्रयोगलाई बढवा दिन निर्देशन दिएको हो ।

सार्वजनिक निकायले प्रयोग गर्ने स्टेशनरी र मेसिनरी औजार जस्ता मालसामान खरिद गर्दा उपलब्ध भएसम्म स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

यसका साथै, स्वदेशी उत्पादकले सार्वजनिक निकायमा आफ्नो उत्पादनको सूची उपलब्ध गराउनुपर्ने समेत मन्त्रालयले सार्वजनिक गरेको सूचनामा भनिएको छ । त्यस्तै सार्वजनिक निकायमा आउने पाहुनालाई स्वदेशी चिया र खाजा मात्रै खुवाउन भनिएको छ ।







  • प्रकाशित मिति : फागुन ६, २०७९ शनिबार १२:१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया