logo-img

माओवादी केन्द्र १८ सिटमा खुम्चनुको मुख्य जड पार्टीभित्रको समस्या

पूर्वसभामुख अग्नि सापकोटाले आफू सभामुख हुँदा संघीय शिक्षा ऐन ल्याउन धेरै प्रयास गरे पनि सफल नभएको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठन बागमती प्रदेश समितिको दोस्रो अधिवेशनको उद्घाटन गर्दै सापकोटाले यस्तो बताएका हुन् ।  

अहिलेसम्म सिकेको समग्र ज्ञान सीप देश विकासमा लगाउने बताउँदै उनले आफू सभामुख हुँदा देशको शीर निहुराउने काम नगरेको दाबी गर्दै उनले अबको बाँकी समयमा पनि जुन भूमिकामा रहे पनि शीर उँचो हुने काम मात्रै गर्ने बताए । 

माओवादी केन्द्र अहिले १८ सिटमा खुम्चनुको मुख्य कारण पार्टीभित्रको समस्या नै मुख्य जड रहेको भन्दै उनले गम्भीर समीक्षा गरेर पार्टीको समस्या हल गर्नुपर्ने बताए । 



पछिल्लो समय देशमा छिमेकी मुलुकबाट विभिन्न तहबाट भ्रमण भेटघाट तीव्र भएको भन्दै राष्ट्र जटिल र कठिन मोडमा रहेको उनले बताए । 





  • प्रकाशित मिति : फागुन ७, २०७९ आइतबार २१:३५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया