सञ्चारमाध्यममा आएका सबै सत्य हुँदैनन्, राष्ट्रपतिमा उम्मेदवारीबारे मैले र पार्टीले केही सोचेको छैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारीबारे आफू र पार्टीले कुनै निर्णय गरिनसकेको बताएका छन् । 

देउखुरीमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले राष्ट्रपतिको उम्मेदवारबारे पार्टी र आफूले केही नसकेको र निर्णय पनि नगरेको बताएका हुन् । 

माधव नेपाललाई राष्ट्रपति बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल चलिरहेको भनिएका बेला अध्यक्ष नेपालको सञ्चारमाध्यममा आएका सबै सत्य नहुने बताए । 

तर, शक्ति बाँडफाँटमा एकीकृत समाजवादीको भूमिका हुनुपर्ने अध्यक्ष नेपालको भनाइ छ । राष्ट्रपतिबारे अहिले नै कुनै धारणा सार्वजनिक नगर्ने बताएका उनले राष्ट्रपतिबारे बृहत् छलफल आवश्यक रहेको बताए । 





  • प्रकाशित मिति : फागुन ९, २०७९ मंगलबार १५:२१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया