गाँजाखेतीको सकारात्मक पक्षलाई उजागर गर्नुपर्छ : पूर्वमन्त्री तामाङ

पूर्वमन्त्री शेरबहादुर तामाङले गाँजा खेतीको सकारात्मक पक्षलाई उजागर गर्न जरुरी रहेको बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठानले बिहीबार आयोजना गरेको ‘नेपालमा गाँजा खेतीको वैधानिकीकरण : सम्भावना र चुनौती’ विषयक कार्यक्रममा कानुनले गाँजा खेतीलाई वैधानिक नमानेकाले अनुसन्धानकर्ताले यसको सकारात्मक पक्ष उजागर गरे कानुनी प्रक्रियालाई प्रभावमा पार्न सकिने बताए ।

प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीले नीति अनुसन्धान प्रतिष्ठान र स्वास्थ्य अनुसन्धान परिषद्ले संयुक्तरूपमा गरेको अनुसन्धानमा गाँजा खेतीको प्रभाव, वर्तमान परिवेश, मार्गदर्शनबारे अध्ययन गरी सम्बन्धित निकायलाई सिफारिस गरेको जानकारी गराए । उक्त अध्ययनबाट गाँजाको सकारात्मक पक्षलाई स्पष्ट पार्न मद्दत पुर्याउन सक्ने उनको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले राज्यले गाँजा खेतीको विकासबारे नीतिगत व्यवस्था गर्न ढिलाइ गर्नु हुँदैन भन्दै गाँजा खेतीले नेपालको अर्थतन्त्रलाई कायापलट गर्छ भन्नेमा दुईमत नरहेको बताए । 





  • प्रकाशित मिति : फागुन १२, २०७९ शुक्रबार ७:३६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया