logo-img

मार्टिनेलीको निर्णायक गोलमा आर्सनल विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले लेस्टर सिटीलाई १–० गोल अन्तरले हराएको छ । गएराति सम्पन्न खेलमा आर्सनलको जितमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गरे ।

उनले खेलको ४६ औं मिनेटमा ट्रासोर्डको पासमा गोल गरेका थिए । यो जितसँगै आर्सनलले २४ खेलमा ५७ अंक जोडेको छ ।

ऊ दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा ५ अंकले अगाडि रहेको छ । सिटीको ५२ अंक रहेको छ । पराजित लेस्टर २४ अंकका साथ १४ औं स्थानमा छ । 







  • प्रकाशित मिति : फागुन १४, २०७९ आइतबार ७:०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया