logo-img

बुन्डेस लिगामा बायर्नकाे सहज जित

जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखले युनियन बर्लिनलाई ३–० ले हराएको छ ।

गएराति सम्पन्न खेलमा बायर्नको जितमा एरिक म्याक्सिम मोटीङ, किङस्ले कोम्यान र जमल मुसिआलाले एक/एक गोल गरे ।

खेलको ३१ औं मिनेटमा मोटीङले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाए । ४० औं मिनेटमा कोम्यानको गोलबाट बायर्नले अग्रता दोब्बर बनायो ।



पहिलो हाफको इन्जुरी समयमा मुसिआलाले गोल गर्दै बायर्नलाई ३–० को जित दिलाए । यो जितपछि बायर्न अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

उसले २२ खेलमा ४६ अंक जोडेको छ । पराजित बर्लिन ४३ अंकका साथ तेस्रो स्थानमा रहेको छ । 





  • प्रकाशित मिति : फागुन १५, २०७९ साेमबार ७:१८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया