logo-img

ललिता निवास प्रकरण : शोभकान्त ढकाललाई रिहा गर्न आदेश

सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा विशेष अदालतले आदेशले थुनामा रहेका मुख्य अभियुक्त मध्येका एक शोभकान्त ढकाललाई रिहा गर्न आदेश गरेको छ।

विशेषको थुनामा पठाउने निर्णयविरुद्ध ढकालले सर्वोच्चमा पुनरावेदन गरेका थिए। उनले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्चले रिट जारी हुने फैसला सुनाएको हो।

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र तीलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा यस्तो आदेश गरेको हो। ललिता निवासमा थुनामा उनीमात्र रहेका थिए।



विशेषले तीन प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। अख्तिायरका पूर्व प्रमुख आयुक्त दीप बस्नेतलाई पनि थुनामा पठाएको थियो। बस्नेत कोरोनाका कारण अस्पताल भएपछि सर्वोच्चको आदेशले रिहा भएका थिए।

२०७७ माघ २७ मा ललितानिवास जग्गा प्रकरणमा विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। यो आदेशविरुद्ध उनले सर्वोच्चमा पुनरावेदन गरेका थिए। 

तर, न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले उनलाई थुनामुक्त गर्ने विषयमा ०७८/०१/२४ मा फैसला गरे पनि राय बाझिएको थियो। 



ललितानिवास मुद्दामा उनीमाथि २ वर्ष कैद सजाय माग गरिएकोमा २८ माघमै उनी पुर्पक्षका लागि जेल चलान भएको २ वर्ष पुगिसकेको छ। मुद्दा विशेष अदालतमा विचाराधीन रहेको छ।



  • प्रकाशित मिति : फागुन १७, २०७९ बुधबार २२:३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया