विश्वप्रसिद्ध अवार्ड जितेलगत्तै आँखा शिविर लिएर जन्मगाउँ पुगे सन्दुक रुइत

बहराइन सरकारको विश्वप्रसिद्ध ईशा अवार्ड प्राप्त गरेका वरिष्ठ नेत्रचिकित्सक सन्दुक रुइत यतिखेर आफ्नै गृहजिल्लामा आँखा शिविर लिएर पुगेका छन् ।

गत ९ फागुनमा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाको हातबाट विश्वप्रसिद्ध अवार्ड ग्रहण गरेपछि पहिलोपटक उनी गृहजिल्ला पुगेका हुन् ।

शनिबारदेखि आफ्नै जन्मगाउँ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ७ ओलाङचुंगोला नि:शुल्क आँखा शिविरमा व्यस्त छन् । आइतबारसम्म जारी रहने आँखा शिविरमा बिरामीको आँखाको शल्यक्रियासमेत गरिरहेका हुन् । 

उनको नेतृत्वमा रहेको चिकित्सक तथा आँखा प्राविधिकको टोलीले शनिबार र आइतबार फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गर्नेछ। 

प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेपछि उनी शल्यक्रियासहितको नि:शुल्क आँखा शिविर कार्यक्रम लिएर पूर्वी नेपाल छिरेका हुन् । यो शिविरअघि उनले तेह्रथुम जिल्लाका विभिन्न स्थानमा नि:शुल्क आँखा शिविर सञ्चालन गरेर ताप्लेजुङ आएका हुन् ।





  • प्रकाशित मिति : फागुन २१, २०७९ आइतबार १६:२७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया