मिटरब्याजी श्याम परदेशीलाई ५ लाख धरौटीमा रिहा गर्न विशेष अदालतकाे आदेश

विशेष अदालतले मिटरब्याजी श्याम परदेशीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा थुनामा रहेका सर्लाहीका श्यामकृष्ण साहलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हाे ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले परदेशीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सम्पत्ति शुद्धीकरण विभागले परदेशीविरुद्ध मुद्दा दायर गरेको थियो । आइतबार अदालतमा उपस्थित गराइएका परदेशीलाई ५ लाख धरौटीमा रिहा गर्ने आदेश भएको हाे।





  • प्रकाशित मिति : फागुन २१, २०७९ आइतबार १८:१०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया