logo-img

नेप्सेमा २४.६८ अंकको गिरावट

सोमबार सेयर परिसूचक नेप्से १९५१ अंकमा झरेको छ । अघिल्लो दिन १९७५ अंकमा रहेको नेप्से २४.६८ अंक घटेको हो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा खस्किएको छ । दिनभर कुल १ अर्ब १६ करोडको कारोबार भयो ।

हिजो कुल १ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । कुल २४ कम्पनीको मूल्य बढ्दा १८७ को घट्यो भने ५ को स्थिर रह्यो । सेन्सिटिभ सूचकका साथै सबै उपसमूह ओर्लिएका छन् । 

बैंकिङ २०, विकास बैंक ३७, फाइनान्स १३, होटल तथा पर्यटन २५, जलविद्युत् १६, जीवन बीमा १६५, उत्पादन ४४, माइक्रोफाइनान्स ६०, निर्जीवन बीमा ८२, अन्य १३ र ब्यापार उपसमूह ३० अंक घटे ।



शुभम् पावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । युनिक नेपाल लघुवित्तको ४ र ग्रीन भेन्चरको ३ प्रतिशत बढ्यो । खप्तड लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.६, आदर्श लघुवित्तको ५.४, हिमालयन बैंक र नाडेप लघुवित्तको मूल्य ५।२ प्रतिशत घट्यो । 

कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक, शिवम् सिमेन्ट, अरुणभ्याली हाइड्रोपावर, हिमालयन डिस्टिलरी र नबिल बैंक क्रमशः अगाडि रहे ।





  • प्रकाशित मिति : फागुन २९, २०७९ साेमबार १५:५१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया