logo-img

राष्ट्रिय भूमि आयोग धनुषामा भूमिहीन सुकुम्वासीकाे ताला

भूमिहीन सुकुम्वासीहरुले राष्ट्रिय भूमि आयोग जिल्ला समिति धनुषामा तालाबन्दी गरेका छन् । चुरे तथा वनजंगल जनआवाज अभियानका धनुषा जिल्ला संयोजक जुगति यादवको नेतृत्वमा पुगेको टोलिले जनकपुरधामस्थित राष्ट्रिय भूमि आयोगको कार्यालयमा तालाबन्दी गरेका हुन् । 

भूमिहीनलाई जग्गा र ऐलानी जग्गामा बस्नेलाई लालपूर्जा उपलब्ध गराउनका लागि राष्ट्रिय भूमि आयोगको गठन भएपनि आयोगले यसतर्फ कुनै चासो नदिँदा आफूहरु बाध्य भएर तालाबन्दी गरेको अभियानका संयोजक यादवले बताए । 

उनले आफूहरु फागुन ११ गतेदेखि नै जनकपुरधामस्थित जनकचोकमा धर्नामा बस्दा पनि आयोगले अहिलेसम्म कुनै चासो नदिएको गुनासोसमेत गरे । 



उनले भने, ‘भूमिहीन सुकुम्वासीहरु आफ्नो अधिकारका लागि १९ दिनदेखि निरन्तर २४ घण्टे धर्नामा बसेका छन् । यतिका दिन बितिसक्दा पनि कसैले कुनै चासो देखाएका छैनन् । राष्ट्रिय भूमि आयोग मस्त निद्रामा सुतेको छ । त्यसैले आज हामी बाध्य भएर सम्बन्धित निकायलाई झकझकाउनका लागि ताला लगाएका छौं ।’

अभियानका जिल्ला संयोजक यादवको नेतृत्वमा तालाबन्दी गर्न पुगेको टोलिमा भूमिहीन सुकुम्बासीहरु शान्ती देवी, नन्ददेव ठाकुर, रामनारायण महरा, आशा यादव, फुलगेन पासवानलगायत दर्जनौंको संख्यामा सहभागी थिए ।





  • प्रकाशित मिति : फागुन ३०, २०७९ मंगलबार १६:२३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया