संसदीय दलका प्रमुख सचेतकसँग परामर्श गर्दै घिमिरे
फरकधार / ४ चैत, २०७९
यो सामग्री सेयर गर्नुहोस्

सभामुख देवराज घिमिरेले शनिबार संसदीय दलका प्रमुख सचेतकसँग परामर्श गर्दै छन्।



सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा तीन प्रमुख दल कांग्रेस, एमाले र माओवादी संसदीय दलका प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन्।



सभामुखले कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी प्रमुख सचेतक हितराज पाण्डेलगायतलाई छलफलका लागि डाकेका हुन्।



सभामुख घिमिरेले शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा ‘पत्रकारहरू बिक्रीमा छन्’ भनेर अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना भएको छ।



उनको अभिव्यक्ति तल्लो स्तरको भन्दै तत्काल फिर्ता लिन पत्रकार महासंघले माग गरेको छ। प्रेस युनियन, संसदीय मामिला पत्रकार समाजलगायतले आपत्ति जनाएका छन्।





  • प्रकाशित मिति : चैत ४, २०७९ शनिबार १६:५:५४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया