logo-img

हर्क साम्पाङविरुद्ध आन्दोलनमा उत्रिए धरानका वडाध्यक्षहरु

धरान उपमहानगरपालिकाका वडाध्यक्षहरु मेयर हर्क साम्पाङविरुद्ध आन्दोलनमा उत्रेका छन् । साम्पाङका स्वकीय सचिव सुदर्शन लिम्बूले मेयरको जिम्मेवारी बहन गर्दै पत्र पठाएको विषयमा वडाध्यक्षहरुले आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएका हुन् । 

उनीहरुले मेयरलाई माफी माग्न २४ घण्टे अल्टिमेटम दिएका थिए । सो अवधिमा उनले माफी नमागेपछि वडाध्यक्षहरुपाखुरामा कालोपट्टी बाँधेर विरोधमा उत्रिएका हुन् ।

मेयर साम्पाङले भने आफूलाई वडाध्यक्षहरुले घेराबन्दीमा पार्न खोजेको भन्दै धराने जनतासामु त्यसको जवाफ मागेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूलाई सिध्याउन समय कटाउने काम भइरहेको भन्दै त्यसप्रति कडा टिप्पणीसमेत गरेका छन् ।







  • प्रकाशित मिति : चैत ७, २०७९ मंगलबार १९:५४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया