सयौं तिब्बतीलाई नेपाली नागरिकता बनाउने गिरोह पक्राउ

तिब्बती शरणार्थीहरूलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न गिरोह पक्राउ परेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत ५ गते पक्राउ गरेका उनीहरूलाई आज सार्वजनिक गरिएको हो ।

बबरमहल क्षेत्रमा महानगरीय अपराध अनुसन्धान महाशाखाले तिब्बतीयनलाई नेपाली नागरिकता दिलाउने गिरोका नाइके कृष्णबहादुर कटुवालसहित पाँचजनालाई पक्राउ गरेको थियो ।

एसपी सोमेन्द्रसिंह राठौरका अनुसार काठमाडौंको बबरमहल क्षेत्रमा बसेर सरकारी कार्यालयहरुको कागजात, छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरी झुट्टा लिखत तथा नक्कली सिफारिस तयार गरी गैर नेपाली व्यक्तिहरूको सक्कलै नेपाली नागरिकता समेत बनाइदिने गरेको अनुसन्धानमा खुल्न आएको छ । 

पक्राउ पर्नेहरूमा झापाको कचनकबलका कटवालसहित भक्तपुरको मध्यपुर थिमिका न्युल्केश श्रेष्ठ, मोरङको सुन्दरहरैचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लागण्डकी नगरपालिकास्थित तिब्बती शरणार्थी क्याम्पका लोब्साङ ठिन्ले र ललितपुर गोदावरीका विजय लामा रहेका छन् ।

कटवालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तिब्बती शरणार्थीहरुको सक्कलै नेपाली नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिहरूलाई नक्कली बाबुका रूपमा उपस्थित गराई सनाखत गराउने गरेको समेत बताइएको छ । उक्त गिरोहले तिबब्बी शरणार्थीको नागरिकता बनाउन प्रतिव्यक्ति ३ देखि ५ लाखसम्म लिने गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

कटवालले मात्रै पाँच वर्षको अवधिमा झन्डै ५०० भन्दा व्यक्तिलाई  नागरिकता दिलाएको आशंकामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 




 



  • प्रकाशित मिति : चैत ८, २०७९ बुधबार १५:२८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया