logo-img

क्यानले बढायो मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक वृद्धि गरेको छ । क्यानले दुई हजार डलरले वृद्धि गर्दै देसाईको पारिश्रमिक १२ हजार अमेरिकी डलर पुर्याइएको हो ।

नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउँदै विश्वकप छनोटमा पुर्याएमा तलब वृद्धि गर्ने यसअघिको सम्झौताअनुसार उनको पारिश्रमिक वृद्धि गरिएको क्यानले जनाएको छ ।  

उनको प्रशिक्षणमा हालै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाउँदै आईसीसी क्रिकेट विश्वकप लिग टुको शीर्ष तीनमा पर्दै विश्वकप छनोटमा सीधै स्थान बनाएको छ । 







  • प्रकाशित मिति : चैत ९, २०७९ बिहीबार १७:४४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया