logo-img

डा. झा मधेस प्रदेश सरकारको आर्थिक सल्लाहकारमा नियुक्त

अर्थविद् डा. भोगेन्द्र झा मधेस प्रदेश सरकारको आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । 

मधेस प्रदेशको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले झालाई प्रदेश सरकारको आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो । मुख्यमन्त्री सरोजकुमार यादवले झालाई आर्थिक सल्लाहकारमा नियुक्त गरिएको पत्र शुक्रबार पठाएका छन् ।

प्रदेशको समग्र विकासका लागि योजना तर्जुमालगायत आर्थिक सरोकारमा सुझाव लिन निजी क्षेत्रका अनुभवी र प्रबुद्ध व्यक्तिलाई सल्लाहकार नियुक्त गरिएको प्रदेश सरकारले बताएको छ ।



झा यसअघि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारको पालामा प्रदेश नीति आयोगका उपाध्यक्ष थिए । त्रिभुवन विश्वविद्यालयअन्तर्गत अर्थशास्त्रको प्राध्यापकबाट केही वर्षअघि अवकाश ग्रहण गरेका डा. झा नेपालको चर्चित अर्थशास्त्रीको रूपमा चिनिन्छन् ।   





  • प्रकाशित मिति : चैत १०, २०७९ शुक्रबार १३:५१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया