युरो छनोटमा बेल्जियमले स्विडेनलाई ३–० ले हराएको छ । गएराति फ्रेन्ड्स एरिनामा भएको छनोटअन्तर्गत समूह ‘एफ’ को खेलमा बेल्जियमको जितमा रोमेलु लुकाकुले ह्याट्रिक गरे ।
खेलको ३५ औँ मिनेटमा गोल गर्दै लुकाकुले बेल्जियमलाई सुरुआती अग्रता दिलाए । ४९ औँ मिनेटमा उनले दोस्रो गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे ।
८२ औँ मिनेटमा लुकाकुले ह्याट्रिक पूरा गर्दै बेल्जियमलाई ३–० को सानदार जित दिलाए । उनले सन् २०२१ पछि बेल्जियमका लागि गोल गरेका हुन् ।
४१ वर्षीय ज्लाटन इब्राहिमोभिच झन्डै एक वर्षपछि राष्ट्रिय टोलीमा फर्किए पनि स्विडेनले जित निकाल्न सकेन । ज्लाटन ७३ औँ मिनेटमा एलेक्सान्डर इसाकको स्थानमा मैदान प्रवेश गरेका थिए ।
यो जितसँगै बेल्जियमले ३ अंक जोडेको छ । स्विडेन भने अंकविहीन छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।