सत्य निरुपण तथा मेलमिलाप विधेयक प्रस्ताव पारित

प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । 

आइतबार प्रतिनिधि उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको हो।

बैठकमा सत्ता पक्षका सांसदहरुले विधेयकको बचाउ गरेका थिए भने प्रतिपक्षका सांसदहरुले गम्भीर अपराधमा संलग्नलाई समेत उन्मुक्ति दिन खोजिएको भन्दै आलोचना गरेका थिए । 

प्रतिनिधिसभाको आजको बैठकमा सो विधेयकमाथि सांसदहरुले आफ्नो आफ्नो धारणा व्यक्त गरेका थिए। 

प्रतिनिधिसभाको अर्को बैठक चैत्र १५ गते १ बजे बस्नेछ। 
 





  • प्रकाशित मिति : चैत १२, २०७९ आइतबार २०:५९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया