मेस्सीको ह्याट्रिकमा अर्जेन्टिना ७–० ले विजयी

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कुराकाओविरुद्ध विश्वविजेता अर्जेन्टिनाले ७–० को फराकिलो जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाको जितमा लियोनल मेस्सीले ह्याट्रिक गरे ।   

त्यस्तै, निकोलस गोन्जालेज, एन्जो फर्नान्डेज, एन्जल डि मारिया र गोन्जालो मोन्टिएलले एक/एक गोल थपे ।  

खेलको २०औँ मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । २३औँ मिनेटमा निकोलस गोन्जालेजको गोलबाट अर्जेन्टिना २–० ले अगाडि बढ्यो । 

३३ औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए । ​३५औँ मिनेटमा एन्जोको गोलबाट अर्जेन्टिनाले ४–० को फराकिलो अग्रता पायो । ३७ औँ मिनेटमा मेस्सीले ह्याट्रिक पूरा गर्दा अर्जेन्टिना ५–० ले अघि बढ्यो । मेस्सीको यो ३७औँ ह्याट्रिक हो ।

योसँगै उनी अन्तर्राष्ट्रिय फुटबलमा १ सय गोल पूरा गर्ने तेस्रो खेलाडी बनेका छन् । मेस्सीले अहिलेसम्म १०२ गोल गरेका छन् । उनीभन्दा अगाडि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र इरानका अली दाई रहेका छन् ।

रोनाल्डोले १२२ र दाईले १०९ गोल गरेका छन् । खेलको ७८औँ मिनेटमा एन्जल डि मारियाले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई ६–० को अग्रता दिलाए । ८७औँ मिनेटमा गोन्जालो मोन्टिएलले गोल गर्दै अर्जेन्टिनालाई ७–० को फराकिलो जित दिलाए ।  





  • प्रकाशित मिति : चैत १५, २०७९ बुधबार ८:८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया