स्वर्णिम वाग्लेको विद्रोहलाई गम्भीररूपमा लिऔँ : बाबुराम भट्टराई

नेपाल समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वर्णिम वाग्लेको विद्रोहलाई गम्भीररूपमा लिनुपर्ने बताएका छन् । उनले वाग्लेको विद्रोहलाई पन्छाउनु उचित नहुने बताएका हुन् । 

‘डा स्वर्णीम वाग्लेको भद्र राजनीतिक विद्रोह कति ठिक भन्ने कुरा मतदाताले छिट्टै फैसला गर्ने नै छन् । तर यसलाई हल्काफुल्का रूपमा पन्छाउनु उचित हुनेछैन । देशको अहिलेको चौतर्फी गम्भीर संकटको समाधान पुरानै घिसिपिटी तरिकाले हुनेवाला छैन । अतः वाग्लेको विद्रोहलाई गम्भीर रूपमा लि‍औँ,’ डा. भट्टराईले ट्विटमार्फत भनेका छन् ।

वाग्लेले बिहीबार कांग्रेस परित्याग गरेको घोषणा गरेका थिए । लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई आउँदो १० वैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गरेको थियो । 





  • प्रकाशित मिति : चैत १७, २०७९ शुक्रबार १२:३४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया